अब तीन दिनभित्र लाइसेन्स पाइने

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १५ : ५५
अब तीन दिनभित्र लाइसेन्स पाइने

काठमाडौँ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस