कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, ०७ : १०
कस्तो रहला आजको मौसम ?

काठमाडौं । मुलुकका पहाडी भेगमा आज आंशिक बदली हुने छ ।

कर्णाली प्रदेश र सुदुर पश्चिमको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै मुलुकका पहाडी भेगमा पनि आंशिक बदली रहने महाशाखाले अनुमान गरेको छ ।

बाँकी भेगको मौसम भने सफा रहने छ । तर तराईका केहि क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु मध्यान्हसँगै खुल्दै जाने छ ।

मुलुकभरमध्ये सबै भन्दा जाडो जोमसोममा छ । जोमसोमको न्यूनतम तापक्रम माइनस ४ डिग्री पुगेको छ भने सबैभन्दा बढी तापक्रम धरानको छ ।

धरानको न्यूनतम तापक्रम १५ डिग्री मापन गरिएको महाशाखाको बुलेटिनमा उल्लेख छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस