एसिया कपका लागि नेपाली क्रिकेट टिम छनोट हुने सम्भावना कति ?

सोमबार, १८ भदौ २०७५, १३ : १९
एसिया कपका लागि नेपाली क्रिकेट टिम छनोट हुने सम्भावना कति ?

फाईल फोटो

नेपालले एसिया कप छनोटको लिग चरणको अब अन्तिम खेल खेल्न बाँकी छ । सुरुका दुई खेलमा पराजय भोगेको नेपालले त्यसपछिका खेलमा भने जीत निकालेको छ । 
आसन्न एसिया कप खेल्ने सम्भावना कायम राख्न बाँकी खेल नेपालले हङकङ माथी जित,युएईको हार र नेटरनरेटमा अगाडि हुनुपर्छ । ६ टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबैको एक एक खेल बाँकी रहँदासम्म चार टोलीको फाइनल पुग्ने सम्भावना छ। 
त्यसैले नेपाल गर या मरको अवस्थामा छ । नेपाललाई यी सबै कुराले साथ दिएमा मात्र नेपाल एसिया कपमा सहभागिता जनाउने छ ।
चार खेलपछि ओमानको सात अंक, युएईको ६ अंक, हङकङको पाँच अंक र नेपालको चार अंक छ। अन्तिम खेलमा मंगलबार नेपालले हङकङ र ओमानले युएईको सामना गर्दै छ। शीर्ष दुई स्थानमा पर्न नेपाललाई आवश्यक छ– हङकङमाथी जित, यूएईको हार र नेटरनरेट। प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुने छ जहाँ उसले पहिलो चरणमा भारत र पाकिस्तानसँग खेल्ने छ ।
 

प्रतिक्रिया दिनुहोस