काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न सुसूचित गरेको हो ।
ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर मात्र ऋण प्रवाह गर्न केन्द्रीय बैंकले भनेको छ । कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरणलगायतका विस्तृत जानकारी हुन्छन् । यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनर्संरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ ।
‘कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार हो त्यसैले यसलाई संसारभर एकदमै महत्वका साथ हेरिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने