काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मंगलबार एक वर्ष पूरा गरेको छ ।
एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्रीले मंगलबार साँझ सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिने जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सुरुमा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनका क्रममा भएको फेरबदलपछि कांग्रेसको साथ पाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस