काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको कारणले जनतामा आएको निराशालाई आफूहरूको चिर्न सफल भएको दाबी गरेका छन्। मध्य पहाडी यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।
उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए । 'सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएको छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो। त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। गलत भाष्यहरू तयार गरिएको थियो त्यस्ता भाष्य कहिले कहिले तयार गर्न खोजिन्छ। धेरै पछि पनि त्यस्ता प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्।' उनले भने, 'अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ । हामी सफल भएका छौँ ।'
उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव