‘गौरा पर्व’ का अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

सोमबार, १८ भदौ २०७५, १० : ०८
‘गौरा पर्व’ का अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘गौरा पर्व’ का अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
सोमाबार एक विज्ञप्ति जारी गर्दै उहाँले प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाईंदै आएको चार्ड ‘गौरा पर्व’ का अवसरमा हार्दिक शुभकामना व्यक्त  गर्नु भएको हो ।
चाडपर्वको महत्व सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको समेत परिचय दिन्छ । त्यस अर्थमा गौरा पर्वको महत्व प्रदेश ७ का जनताका लागि ऐतिहासिक रहेको छ । लामो संघर्षपछि यही पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको उहाँले अनुभूति गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् ।’
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म मेरो तर्फबाट, परिवार तथा पार्टीका तर्फबाट देश तथा विदेशमा गौरा पर्व मनाउन लाग्नु भएको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।’

 

प्रतिक्रिया दिनुहोस