चितवन । भरतपुर महानगरपालिकालाई सफा र हरियाली बनाउने अभियान निरन्तर रुपमा चलिरहेको छ । आज बिहान भरतपुर महानगरपालिकाले नारायणगढको बजार सरसफाइ गरेको छ । विभिन्न अभियान्ता तथा संघसंस्थाको सहयोगमो सडकका बीचको क्यारीमा ५०० को हाराहारीमा विभिन्न प्रजातिको बिरुवाहरु रोपेको छ ।
सरसफाई र बिरुवा रोपन कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल आफैँ उपस्थिति हुनुभएको थियो । उहाँ आफैँले फूल रोप्ने र फोहोर बढार्ने काम गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘भरतपुर सफा र हरियाली महानगर बनाउने अभियानअन्तर्गत नै आजको सरसफाइ कार्यक्रम भएको हो । महानगर सफा र हरियाली बनाएर नै स्मार्ट सिटीको परिकल्पना गर्न सकिन्छ ।’





प्रतिक्रिया दिनुहोस