कोरिया जान १ लाख ४३ हजारले दिए आवेदन

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १० : १९
कोरिया जान १ लाख ४३ हजारले दिए आवेदन

काठमाडौ । नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको कोरियाका लागि आवेदनको बाढी देखिएको छ ।

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढीले आवेदन फाराम  दिएका हुन् । 

 ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले उत्पादनमूलक तर्फका लागि १ लाख ४३ हजार ८१२ जनाले आवेदन फाराम भरेको जानकारी दिए । 

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिईएको थियो । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जना माग गरेकामा झण्डै १० गुणा बढी आवेदन परेको हो ।