काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार उनीहरुको बढवा गरिएको हो ।
बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ भने आवश्यक कारबाही गर्न गराउन तथा दर्ज्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना