चितवन । कालिका एफएमले वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको म्युजिक अवार्डमा यस वर्षदेखि चार वटा विधामा अवार्ड थप गरिएको छ ।
कालिका एफएमको १६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेका कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अवार्ड थप भएको विषयमा जानकारी दिइएको हो । कालिका मिडियाका अध्यक्ष विक्रम पाण्डेले यसअघि २६ विधामा अवार्ड दिँदै आएकोमा अबदेखि म्युजिक भिडियोतर्फ चार विधा थप गरी कूल ३० विधामा म्युजिक अवार्ड दिइने जानकारी दिनुभयो । चौधौँ कालिका म्युजिक अवार्ड तथा वार्षिकोत्सव समापन समारोह असोज २६ गते नारायणगढमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस