काठमाडौं । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् ।
धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।
ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै