काठमाडौं । महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका-७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा बाँकेबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ