काठमाडौं । अवैध लागूऔषधसहितदेशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । कैलाली, भजनी नगरपालिका–३ ठेकी पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ७५ मिलिग्रामसहित सोही नगरपालिका–१ गोदाम टोल बस्ने २९ वर्षीय लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमाललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।त्यस्तै झापा, दमक नगरपालिका–९ बरगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन पौदारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका–९ खरङगाबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपुर नगरपालिका–१ बस्ने ४१ वर्षीय आसिष पाख्रिन रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका(१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका–२१ बस्ने ३० वर्षीय देवराज स्याङताङ रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०२–०२९प १६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–११ बर्सेउलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–९ बुद्धचोक बस्ने २५ वर्षीय युवराज थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु २५ प २७०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ