काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो ।
रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय सरकारमा सहभागी हुने पर्ने रहेको रास्वपा निकट स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनी निकट स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह र श्रम मन्त्रालय दिन तयार भएको बताइएको छ । तर, रास्वपाको कानुन वा स्वास्थ्य मन्त्रालयको नेतृत्व पनि पाउनुपर्ने अडान रहेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले पनि रास्वपा र प्रचण्डबीच सरकारमा सहभागी हुने विषयमा संवाद भइरहेको बताए । उनले मन्त्रालयको भागबण्डामा कुरा नमिलेको समेत खुलासा गरे । अहिले सरकारको तीब्र आलोचना गरिरहेको रास्वपा सरकारमा सहभागी भएपछि उसले यही सरकारलाई राम्रो र रामराज्य ठान्ने नेता दाहालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनसुझावबाटै नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारद्वारा संविधान संशोधनको तयारी तीव्र, बहसपत्र तयार गर्न कार्यदल क्रियाशील