काठमाडौं । अमेरिकन डलर साँट्ने भन्दै लुटपाट गर्ने आठ जना पक्राउ परेका छन्। काठमाडौंको विभिन्न स्थानमा गएर अमेरिकन डलर साँट्ने भनी प्रलोभनमा पारी पैसा लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका काठमाडौंको विभिन्न स्थानमा अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारी समूहमा आई डलर देखाई पैसा लुटपाट गर्ने गिरोह सक्रिय रहेको छ भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धादिङको नेत्रावती गाउँपालिका–३ सेमजोङ घर भइ हाल सामाखुसी बस्ने ३४ वर्षीय खड्कबहादुर तामाङ, मोरङको लेटाङ नगरपालिका–२ घर भइ सामाखुसीमै बस्ने ३६ वर्षीय अशोक लिम्बू, सिन्धुपाल्चोकको बाह्रबिसे–३ लामाटोल घर भइ हाल गोकर्णेश्वर बस्ने रामबहादुर लामा र सिन्धुपाल्चोककै रिसंगु गाउँपालिका–७ ठूलोपाखा घर भइ हाल भक्तपुरको दुवाकोट बस्ने ३६ वर्षीय सुब्बा तामाङ रहेका छन्।
यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका–३ देवीस्थान बस्दै आएका ४५ वर्षीय चन्द्रबहादुर तामाङ, बाह्रबिसे–३ घर भइ हाल गोकर्णेश्वर बस्ने ३६ वर्षीय रेलबहादुर तामाङ, यस्तै बाह्रबिसेकै देवराज तामाङ र बाह्रबिसे–३ की मञ्जु भनिने कृष्णकुमारी तामाङ रहेका छन्।
पक्राउ परेकाहरुको साथबाट सक्कली अमेरिकन डलर ५० को १६ थान, राहदानी २ थान, तिलहरी १ थान, र बा ३८ प ६१३२ नम्बरको प्लेजर स्कुटर एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ