काठमाडौं । अमेरिकन डलर साँट्ने भन्दै लुटपाट गर्ने आठ जना पक्राउ परेका छन्। काठमाडौंको विभिन्न स्थानमा गएर अमेरिकन डलर साँट्ने भनी प्रलोभनमा पारी पैसा लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका काठमाडौंको विभिन्न स्थानमा अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारी समूहमा आई डलर देखाई पैसा लुटपाट गर्ने गिरोह सक्रिय रहेको छ भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धादिङको नेत्रावती गाउँपालिका–३ सेमजोङ घर भइ हाल सामाखुसी बस्ने ३४ वर्षीय खड्कबहादुर तामाङ, मोरङको लेटाङ नगरपालिका–२ घर भइ सामाखुसीमै बस्ने ३६ वर्षीय अशोक लिम्बू, सिन्धुपाल्चोकको बाह्रबिसे–३ लामाटोल घर भइ हाल गोकर्णेश्वर बस्ने रामबहादुर लामा र सिन्धुपाल्चोककै रिसंगु गाउँपालिका–७ ठूलोपाखा घर भइ हाल भक्तपुरको दुवाकोट बस्ने ३६ वर्षीय सुब्बा तामाङ रहेका छन्।
यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका–३ देवीस्थान बस्दै आएका ४५ वर्षीय चन्द्रबहादुर तामाङ, बाह्रबिसे–३ घर भइ हाल गोकर्णेश्वर बस्ने ३६ वर्षीय रेलबहादुर तामाङ, यस्तै बाह्रबिसेकै देवराज तामाङ र बाह्रबिसे–३ की मञ्जु भनिने कृष्णकुमारी तामाङ रहेका छन्।
पक्राउ परेकाहरुको साथबाट सक्कली अमेरिकन डलर ५० को १६ थान, राहदानी २ थान, तिलहरी १ थान, र बा ३८ प ६१३२ नम्बरको प्लेजर स्कुटर एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ