काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको बैठक राष्ट्रिय नाचघर बसेको छ । बागमती प्रदेशका इन्चार्जसहितका शीर्ष नेताहरूको उपस्थितिमा पार्टी रूपान्तरण अभियानबारे समीक्षा भइरहेको अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
उनकाअनुसार १३ वटा जिल्लाका इन्चार्जले बैठकमा रिर्पोटिङ गर्ने र रिर्पोटिङका आधारमा संश्लेषण गर्ने एजेण्डा रहेको छ ।‘पार्टीले थालेको रूपान्तरण अभियानको सम्बन्धमा समीक्षा गर्न बैठक बोलाइएको हो । जिल्ला इन्चार्जहरूको रिर्पोटिङका आधारमा बैठकले संश्लेषण गर्ने एजेण्डा रहेका छन्’, पौडेलले भने ।
बैठकमा नेताहरूले विधान सम्मेलन हुन्छ कि हुँदैन, भए कहिले हुन्छ, विधानअनुसार केन्द्रीय समिति बन्ने हो कि वा विधान सम्मेलनपछि फेरि वडा सम्मेलन गर्न जाने हो कि हो भन्नेबारे नेतृत्वलाई प्रश्न गरेका छन् । जिल्लागत रिर्पोटिङमा खास गरी नेताहरूको जीवनशैली, जनसम्बन्ध, विकास निर्माणमा उदासीनता लगायत विषयमा गुनासो गरेका छन् ।
बैठकमा इन्चार्ज शर्मासहित सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेका इन्चार्ज वर्षमान पुन सहभागी भएका छन् । गएको भदौ १६ बाट सुरु भएको अभियान यही पुस १६ गते समापन हुँदैछ । पुस १५ सम्ममा समीक्षासहितको रिपोट केन्द्रलाई पठाउन निर्देशन दिएको छ । अभियानकै विषयमा छलफल गर्न माओवादीले अहिले पदाधिकारी बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण