एनसेलले कर छलेको पाइए सरकारले छाड्दैन : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, २० : ०९
एनसेलले कर छलेको पाइए सरकारले छाड्दैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले नछाड्ने चेतावनी दिएका छन् । सोमबार नेपाली काँग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले एनसेलबारे सरकारले छानबिन समिति बनाएको र करछली गरेको पाइए नछाड्ने बताए । उनले भने, ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानबिन हुँदैछ ।’

सरकारले एनसेल खरिद-बिक्रीबारे छानबिन गर्न पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालयका सहसचिवहरू समेत सदस्य छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।

राजनीतिक विषयमा बोल्दै उनले क्षणभरमा महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताए । 

प्रतिक्रिया दिनुहोस