सर्लाही । भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई सालनालसहितको मृत शिशुसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका-८ स्थित झिल्मिलिया मन्दिर नजिकै जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले जाँच गर्ने क्रममा सुडीले बोकेको प्लाष्टिकको पोकाभित्र सालनाल सहितको शिशु फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ