सिंगापुरविरुद्धको खेलमा नेपालले पायो १५२ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १० : ५१
सिंगापुरविरुद्धको खेलमा नेपालले पायो १५२ रनको लक्ष्य

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ ।
कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।
नेपालका लागि  सन्दीप लामिछाने र ललित नारायण राजवंशी समान ३—३ विकेट लिएका थिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग हार ब्यहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस