काठमाडौँ । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ ।बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणसहित नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरण गर्न ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो ।
चिनियाँ टोलीलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो । सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सांस्कृतिक आदानप्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्न मैत्रीपूर्ण भ्रमणमा आएको बताए ।
ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहाँका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले बताए ।चिनियाँ टोलीलाई स्वागत गर्दै नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनियाँ शहरबाट सीधा उडानको वातावरण मिलाइदिन आग्रह गरे ।
उनले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ-काठमाडौँ-लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरे । केरुङ-काठमाडौँ-लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौँको संख्यामा रहेको चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’