वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्ः नेता केसी

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १६ : २३
वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्ः नेता केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताए ।

उनले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताए । उनले भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउने र विधि विहिनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने बताए । 

उनले भने, ‘आम रुपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै बिद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ । खासगरी भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ । विधि विहिनताको अन्त्य गर्नुपर्छ । सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने ? भनेर सोच्नुपर्छ । अहिले सरकार पनि सफल हुन सकेको छैन, संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन । पार्टी पनि गतिशिल भएको छैन । यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ ।’

नेता केसीले पार्टी नेतृत्वमा संकिर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको बताए । 

प्रतिक्रिया दिनुहोस