हालसम्म यी वाणिज्य बैंकले घटाए व्याजदर, कसको कति ?

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १४ : २५
हालसम्म यी वाणिज्य बैंकले घटाए व्याजदर, कसको कति ?

काठमाडौं । हालसम्म आधा दर्जन वाणिज्य बैंकहरुले आफ्नो मुद्दति निक्षेप ब्यजर घटाएका छन् । वाणिज्य बैंकहरुले पुष महिनाका लागि आफ्नो नयाँ ब्याजदर सार्वजर्निक गरेका हुन् भने, केहि बैंकहरुले मंंसीर महिनाको अन्तिमबाटै लागू हुनेगरी नयाँँ ब्यजदर सार्वजनिक गरेका हुन् ।

एनआईसी एसीया बैंकले मंसिर महिनाको तुलनामा पुष महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्यजदर घटाएको छ । बैंकले नयाँ ब्यादर व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्युनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्यजदर सर्वजनिक गरेको छ । त्यस्तै, एनआईसी एसीया बैंकले पुस महिनाका लागि संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्यज दिने भएको छ ।

एनएमबी बैंकले पनि मंसीर महिनाको तुलनामा आफ्नो ब्यजादर घटाएको छ । एनएमबी बैंकले पुस महिनाका लागि मंसिर २५ गतेदेखि नै लागू हुनेगरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ९ प्रतिशतसम्म्म ब्यज दिने भएको छ । जहाँ मंसीर महिनामा एनएमबी बैंकले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो । बैंकले न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज तोकेको छ । त्यस्तै, बैंकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशतसम्म ब्यज कायम गरेको छ ।

मंसीरमा ब्यादर बढाउने एक्लो वाणिज्य बैंक माछापुच्छ्रे बैंकले पनि मंसिर २६ गतेदेखि नै लागू हुनेगरी आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्यजदर मुद्दति निक्षेपतर्फ १०.६० प्रतिशत दिँदै आएको ब्याजदरलाई घटाएर ९.६० प्रतिशतमा झारेको छ । त्यस्तै, संस्थागत तर्फ अधिक्तम ८.६० प्रतिशत रहेको ब्याजदरलाई घटाएर ७.६० प्रतिशत तोकिएको छ ।

मंंसीर महिनमा ब्यजदर घटबढ नगरेको कुमारी बैंकले पनि आफ्नो ब्यजदर घटाएको छ । कुमारी बैंकले पुष महिनाका लागि नयाँ ब्याजदर मंसीर २४ गते देखि नै लागू हुनेगरी सर्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेप ब्याजदर १०.०१ प्रतिशतलाई घटाएर ९.६१ प्रतिशतमा झारेको हो । बैंकले अघिल्लो महिनको तुलनामा ०.४९ प्रतिशत ब्यजदर घटाएको छ ।

स्टयाडर्ड चाटर्ड बैंकले पनि मंसीर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले पुष महिनाका लागि व्यक्तिगततर्फ अघिक्तम मुद्दति निक्षेप ब्यजदर ८.५६ प्रतिशत तोकेको छ । त्यस्तै, संंस्थागत तर्फ अधिक्तम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । मंसीर महिनाका लागि बैंकले अधिक्तम ८.९७ प्रतिशत ब्याज कायम गरेको थियो ।