काठमाडौ । आम जनता पार्टी (आजपा) ले लुम्बिनी प्रदेश कमिटी अध्यक्षामा नारायण प्रसाद पाण्डेलाई चयन गरेको छ ।
एमाले रुपन्देहीका नेता उनी केही दिन पहिले मात्रै पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका थिए ।
आजपाको बागमती प्रदेश कमिटीको बैठकका क्रममा पार्टी प्रवेश गरेका उनलाई अध्यक्ष साहले पार्टीमा स्वागत गरेका थिए ।
पाण्डेले पार्टी प्रवेशसँगै आजपाको प्रदेश अध्यक्ष चयन भएका हुन् । प्रदेश कमिटीको इन्चार्ज सुमिना हुसेनाई तोकिएको छ भने सहइन्चार्जमा प्रमानन्द वर्मा र विक्रम चौधरी रहेका छन् ।
यसैगरी प्रदेश सचिवमा आशा सञ्जेललाई चयन गरिएको सो पार्टीका महासचिव उमेश साहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो, को कहाँ ?
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने