काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश, जिल्लालगायत कार्यसमितिलाई कुनै पद रिक्त भएमा कारण खुलाई पाँच दिनभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिएको छ। महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै रिक्त स्थानको जानकारी गराउन भनेका हुन्।
पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँ–नगरपालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानतः विविध कारणले रिक्त रहेका पद भए जानकारी गराउन काँग्रेसले निर्देशन दिएको हो।
प्रदेश कार्यसमितिले प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे जानकारी गराउनुपर्नेछ। साथै जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।
काँग्रेसले २०७८ मंसिर २४ गतेदेखि २८ गतेसम्म १४ औँ महाधिवेशन गरेको थियो। महाधिवेशन भएको छ महिनाभित्र मनोनीत गरिनुपर्ने कतिपय पदहरू अहिलेसम्म पनि मनोनीत भएका छैनन्। काँग्रेसले रिक्त पदमा पुनस् निर्वाचन गर्ने कि के गर्ने भन्ने छलफलका लागि विवरण माग गरेको हो। यो विवरण आएपछि केन्द्रीय निर्वाचन समितिसँग केन्द्रीय कार्यालयले छलफल गरी आवश्यक निर्णय लिने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता