काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन्। बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औँ महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन्।
‘पार्टी नेतृत्वको अहिलेको काम गराई हेर्दा ०८२ मा १५ औँ महाधिवेशन हुने सम्भावना देखिँदैन, हामीले त सक्दो कोसिस गरिराखिएको छ,’ थापाका भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौँ। जो संसदीय दल नेता भए पनि हुन्छ। सबै मिल्ने हो भने शेखर कोइरालालाई संसदीय दल नेता बनाएर जान पनि सकिन्छ।’
२०७९ पुस ६ मा भएको चुनावमा शेरबहादुर देउवासँग थापा संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला थापालाई हराउँदै देउवा विजयी भएका थिए। अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा
तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गर्न गगन थापाको प्रस्ताव
नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव
संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन: गगन थापा
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा