काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन्। बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औँ महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन्।
‘पार्टी नेतृत्वको अहिलेको काम गराई हेर्दा ०८२ मा १५ औँ महाधिवेशन हुने सम्भावना देखिँदैन, हामीले त सक्दो कोसिस गरिराखिएको छ,’ थापाका भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौँ। जो संसदीय दल नेता भए पनि हुन्छ। सबै मिल्ने हो भने शेखर कोइरालालाई संसदीय दल नेता बनाएर जान पनि सकिन्छ।’
२०७९ पुस ६ मा भएको चुनावमा शेरबहादुर देउवासँग थापा संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला थापालाई हराउँदै देउवा विजयी भएका थिए। अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा