काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।
उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । ओलीले भने, ‘हाम्रो देश हामी आफैँले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’
ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी सङ्कल्प यात्रा आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी छ । ओलीले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’ एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन