शेखर समूहको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, ११ : ३६
शेखर समूहको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । हिजो मंगलबारका लागि तय गरिएको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्नेछ । पार्टी महामन्त्री गगन थापाको समय मिलाएर हिजोका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । 

पुस १६ देखि १९ सम्मका लागि तय गरिएको पार्टीको महासमिति बैठकलाई लक्षित गरेर शेखर समूहले बैठक बस्न लागेका हो । 

प्रतिक्रिया दिनुहोस