काठमाडौ । राष्ट्रिय विपद् जोखम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न आवश्यक रकम स्थानीय तहको खातामा पुगिसकेको जनाएको छ ।
प्रभावित पाँच जिल्ला (जाजरकोट, रुकुम पश्चिम, बझाङ्ग, बजुरा र सल्यान) मा रु १ अर्ब ४१ करोड रकम निकासा भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो रकम मध्येबाट पाँच जिल्लाका ५९ हजार १६२ जना लाभग्राहीका लागि रु १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको प्रवक्ता ध्रुव बहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता समेत गरिसकेको उनको भनाइ छ ।
सम्झौता गरेका लाभग्राहीलाई स्थानीय तहले रु २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेका छन् । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २४२३ र सल्यानमा ४० गरी २४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोवास गर्न थालेका छन् ।
पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोश्रो किस्ता बापत लाग्ने रकम रु २ अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन सम्वन्धित जिल्लाहरुबाट माग भई आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसरी माग भई आएको रकम निकासाका लागि अर्थ मन्त्रालयमा गृह मन्त्रालयले पत्राचार गरिसकेको छ ।निकासाको प्रकृयामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको संख्याका आधारमा सम्वन्धित जिल्लामार्फत् स्थानीय तहहरूमा रकम उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु