धनुषा। विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए ।
यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
निर्देशनको पालना नगरे प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन