काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।मेकानिकल इन्जिनियर दीपक बम र बिचौलिया नीरक शाहीले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेषले गत जेठ २६ गते सफाइ दिएको थियो ।
विशेष अदालतबाट भएको उक्त फैसला चित्त नबुझी सोमवार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमेरेले जानकारी दिए ।उनका अनुसार मेकानिकल इन्जिनियर बमले ३ हजार रुपैयाँ र बिचौलिया शाहीले १० हजार ३६० रुपैयाँ घुस लिएको आरोपमा आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन