काठमाडौं। ललितपुरको झम्सीखेलमा गोली चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो गोली चलाएको हो ।गोली चलाएर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
गोली लागेर घाइते भएका ४५ वर्षीय अविनाश राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
राई उदयपुरका हुन् । प्रहरीमाथि आक्रमण गरेपछि उनीमाथि गोली चलाउनुपरेको प्रवक्ता रेग्मीले बताए ।राईको खुट्टामा गोली लागेको बताइएको छ । उनकाे साथबाट पेस्तोल र आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते