रामशाह पथस्थित बार एसोसएसनको कार्यालयअगाडि जीप दुर्घटना

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, १० : ४६
रामशाह पथस्थित बार एसोसएसनको कार्यालयअगाडि जीप दुर्घटना

काठमाडौं। काठमाडौंको रामशाह पथस्थित नेपाल बार एसोसएसनको कार्यालय अगाडि जीप दुर्घटना भएको छ । सिंहदरबार पश्चिम ढोकाबाट माइतीघरतर्फ जाँदै गरेको बा३च २०४२ नम्बरको जीप मंगलबार बिहान दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिका कारण जीप दुर्घटनामा परेको हो । जीप अनियन्त्रि भएर सडक छेउमा ठोकिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।