काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन्। धनुषाको औरही गाउँपालिका ४ मा आज नेपाली काँग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्दै सभापति देउवाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए।
सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकलादेखि नै सक्रिय नेपाली काँग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे।
कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधि सभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई-दुई पटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए।
उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र काँग्रेसले गरेका भन्दै सङ्घीयता कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताए। पार्टी सहमहामन्त्री महेन्द्र यादवले काँग्रेस बलियो भएमा मात्रै सङ्घीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’
संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
देउवाले बोलाए पदाधिकारी बैठक