काठमाडौं । नेकपा एमालेको एक जना जिल्लास्तरीय नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । एमाले रूपन्देहीका नेता नारायण पाण्डे आजपामा गरेका हुन् ।
आम जनता पार्टी बागमती प्रदेश कमिटीको बैठकमा पाण्डेलाई केन्द्रीय अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । पाण्डेलाई खादा र टिकासहित स्वागत गर्दै साहले उनलाई आर्दिक बधाई तथा शुभकामना दिए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका साहले वर्तमान व्यवस्थाको खारेजी गर्दै जनताको शासन हुने व्यवस्थाको पक्षमा वकालत गर्दै आएका छन् । यस्तै उनले भ्रष्टाचारको विरोधमा पनि अभियान चलाउँदै भ्रष्टाचारीलाई कारबाही नभएसम्म देशविकास हुन नसक्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत