काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको मुख्यमसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक बिषयमा छलफल हुने बताए। पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक सार्ने तयारी छ। सभापति शेरबहादुर देउवाले पुसका चिसोमा बैठक नगरौं भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो । त्यसबारे यही बैठकले निर्णय लिने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका आग्रह गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप