नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य, दीपेन्द्र र आरिफको अर्धशतक

एजेन्सी

शनिबार, १६ भदौ २०७५, १३ : ३४
नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य, दीपेन्द्र र आरिफको अर्धशतक

 मलेसिया । मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ । बायुमास ओभलमा वर्षाले प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो । ३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

शुरुआती ब्याटिङ कमजोर भएपनि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख र  दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारीको पारि खेलेपछि रन माथि उक्सिएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन प्रहार गरे । उनले ४८ बलमा ६४ रन बनाएका हुन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए ।
त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए ।
 मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए । यसअघिका दुवै खेल गुमाइसकेको नेपालले छनोटको सम्भावनालाई जीवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस