काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उनी नियमित काममा फर्किन सक्ने चिकित्सकको भनाइ छ ।
उनलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।
अस्पतालमा रहँदा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग