काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उनी नियमित काममा फर्किन सक्ने चिकित्सकको भनाइ छ ।
उनलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।
अस्पतालमा रहँदा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो