काठमाडौं । लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ । आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज ६ प्रतिशत अर्थात् १११.२० अंकले घटेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो ।
आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो । कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो । ४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।
एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार