काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५.६७ अंकले घटेर बन्द भएको छ । गत साताको विहीबारको तुलनामा यो साताको बिहिबारसम्मको अवधिमा उक्त अंकको गिरावटसँगै परिसूचक बन्द भएको हो ।
यो साताको आइतबार नेप्से परिसूचक १८५८.५३ अंकबाट कारोबार सुरु भएको थियो । जुन, अन्तिम कारोबार दिनसम्म १८.५२.७७ अंकमा आएर रोकिएको हो । यो साताको ५ दिनमध्ये ३ दिन घटेको नेप्से २ दिन भने बढेको थियो ।
आइतबार ७ अंकले घटेको नेप्से सोमबार ३ अंकले र मंगलबार १० अंकले घटेको थियो । यस्तै, बुधबार ३ अंकले बढ्दा बिहीबार ११ अंकले बढेको थियो । यो साता तीन कारोबार दिनमा समग्रमा २१ अंकले घटेको थियो भने दुई दिनमा १४ अंक बढेको थियो ।
यो साता नेप्सेमा कूल ७ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । जुन, गत साताको भन्दा ५ अर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार