चार उपसचिव सहसचिवमा बढुवा सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १५ : १८
चार उपसचिव सहसचिवमा बढुवा सिफारिस

काठमाडौँ । चार जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फ चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइवे उपसमूहतर्फका उपसचिव नरेन्द्र सुवेदी र दीप वाराही सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

दुई जना सहसचिवमा बढुवाका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । जसमा कृष्णराज पन्थ, रबिन्द्रलाल दास र राजेशप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए । यस्तै नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको स्यानिटरी उपसमूहतर्फका उपसचिव नारायणप्रसाद आचार्य र टिकाबहादुर चौधरी सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस