एसिया कप क्रिकेट : ७ रन बनाएर आउट भए तिलक भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १२ : ०४
एसिया कप क्रिकेट : ७ रन बनाएर आउट भए तिलक भण्डारी

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा आजदेखि शुरू भएको अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।दुबईको आइसीसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

 

उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले अहिले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १९ रन बनाएको छ । तिलक भण्डारी ९ बलमा ७ रन बनाएर आउट भएका हुन् । 

 

 

प्रतिक्रिया दिनुहोस