काठमाडौ । बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् ।
सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।
सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ ।
बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २२ मंसिर २०८०, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन
बारामा १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
नवलपरासी आलुमा आत्मनिर्भर
पानीले बेर्ना कुहिएपछि बाँकेमा दोस्रो पटक आलु रोपियो
मुस्ताङमा आलु ‘जोन’
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन