दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, २१ : १७
दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

लेखापरीक्षण सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेका कारण आवेदन परेको थियो भने इन्जिनियरिङतर्फ भने चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

सहसचिव बढुवाका लागि सिफारिस भएकामाथी चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोहि कसैको उजुरी नपरेमा दुबै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस