दोलखाका सम्पुर्ण समुदायिक विद्यालयहरु बन्द

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १९ : २३
दोलखाका सम्पुर्ण समुदायिक विद्यालयहरु बन्द

दोलखा । दोलखाका सम्पुर्ण समुदायिक विद्यालयहरु बन्द भएका छन् । समुदायिक विद्यालयका शिक्षकहरुले विभिन्न माग राख्दै दोलखको सदरमुकाम चरिकोटमा विद्यालय बन्द गरेर अन्दोलन गरेका हुन । सरकारले संघिय शिक्षा ऐन ल्याउन लागेको त्यसमा शिक्षकहरु पाउने सेवा सुविधहरु खोसिएको भन्दै अन्दोलित भएका हुन । संघिय शिक्षा ऐनको मध्यमबाट स्थानिय तहका शिक्षकहरुलाई विभेद गरिएको र अधिकार खोसिएको शिक्षकहरुको भनाई रहेको छ ।

मागको सुनुवाई नभए अझै शसक्त आन्दोलन गर्ने शिक्षकहरुको भनाइ छ । शिक्षहरुले १९ बुँदे मागपत्रसहित लालटिन र मुखमा शिट्ठी लिएर विरोध गरेका थिए । दोलखा जिल्लामा ३ सय ५६ वटा सामुदायिक विद्यालय रहेकोमा १ हजार ८ सय ७४ जना शिक्षकहरु कार्यरत रहेका छन् । सामुदायिक विद्यालयमा ३८ हजार १ सय ८१ बालबालिकहरु अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहोस