काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ।
असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक 'कोरोनरी एन्जियोग्राफी' गर्दा 'ओन्टस मार्जिनल' शाखामा अवरोध देखिएको थियो।
उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको बताइएको छ। मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै 'एन्जियोप्लास्टी सर्जरी' गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको उनको भनाइ छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पताललाई उदृत गर्दै उनले जानकारी दिए। चिकित्सकका अनुसार उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानीका लागि नेताकोमा धाउन नपरोस् : नारायणकाजी श्रेष्ठ
खडेरीले आक्रान्त मधेशमा राहत प्याकेज व्यवस्था गर्न नारायणकाजीको माग
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ