मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

एजेन्सी

शुक्रबार, १५ भदौ २०७५, १७ : ११
मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

एजेन्सी । लुका मोड्रिच युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाए बापत मोड्रिचले उक्त अवार्ड हात पारेका हुन् ।

क्रोएसियन खेलाडीको गत सिजन क्लब र देश दुवैको लागि सफल रह्यो । उनले मोहमद शलाह र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पार्न सफल रहे ।

गत सिजन रियल म्याड्रिडबाट लगातार छैटौँ सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले उत्कृष्ट फरवार्डको उपाधि हात पारे ।

रियलकै सर्जियो रामोश उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे भने केयलर नाभास उत्कृष्ट गोलकिपर घोषित भए ।

मिडफिल्डर अफ द ईयरको उपाधि पनि मोड्रिचको नाममा रह्यो ।

त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडी पेनिल हार्डर बनिन् ।

प्रतिक्रिया दिनुहोस