काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । ओखलढुङ्गा जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले काँग्रेसले यस घटनाक्रमलाई गम्भीर रूपमा लिएको बताए ।
‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदैछ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन’, उनले भने, ‘त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौँ कि एनसेल बिक्री प्रकरण किन भयो ?’
नेता कोइरालाले करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरूलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्