काठमाडौं। समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रामा रहेको नेकपा (एमाले)को नेतृत्वलाई रुकुम पश्चिम र जाजरकोटको सीमानामा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् ।
सुर्खेतबाट रुकुम र जाजरकोटको सीमास्थल सानोभेरी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शर्माले स्वागत गरेका हुन् । मध्यपहाडी यात्राका लागि जनार्दनले ओलीलाई धन्यवाद दिए ।भूकम्पछि राहत र पुनःस्थापनाका लागि जिल्लामै सक्रिय शर्मासहितका नेताहरू मंगलवार ओलीलाई स्वागत गर्न पुगेका थिए ।
६ वर्षअघि एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली
पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली
नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस