काठमाडौं। समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रामा रहेको नेकपा (एमाले)को नेतृत्वलाई रुकुम पश्चिम र जाजरकोटको सीमानामा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् ।
सुर्खेतबाट रुकुम र जाजरकोटको सीमास्थल सानोभेरी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शर्माले स्वागत गरेका हुन् । मध्यपहाडी यात्राका लागि जनार्दनले ओलीलाई धन्यवाद दिए ।भूकम्पछि राहत र पुनःस्थापनाका लागि जिल्लामै सक्रिय शर्मासहितका नेताहरू मंगलवार ओलीलाई स्वागत गर्न पुगेका थिए ।
६ वर्षअघि एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना