बुटवल। पाल्पाको सिद्धबाबा मन्दिरनजिकै एक पुरुषको शव फेला परेको छ । मंगलवार बिहान तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिरनजिकै सडकको नालीमा पुरुषको शव फेला परेको हो ।अन्दाजी ५०-५५ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको छ ।
शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानमा ती पुरुष विगत केही दिनदेखि सिद्धबाबा मन्दिर आसपासमा मागी खाने र सोही ठाउँमा बस्दै आएका थिए ।मृतक पुरुषको साथमा दुईवटा झोलासमेत भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला